विप्लवलाई ‘बम पड्काउन जाउँ’ भन्न खोजिएको त होइन?: ज्ञवाली

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ४ : ४९


काठमाडौं । नेकपा (एमाले)ले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लव, प्रवक्ता प्रकाण्डलगायतका नेताविरुद्ध जारी गरिएको पक्राउ पुर्जी फिर्ता लिन माग गरेको छ।

आइतबारको प्रतिनिधिसभाको बैठकमा वोल्दै एमालेका सांसद प्रदिप ज्ञवालीले नेकपाका नेताहरुलाई पक्राउ पुर्जी जारी गर्ने कुराको कुनै औचित्य नभएको बताउदै ‘पक्राउ पुर्जी जारी गरेर बम पड्काउन जाउँ’ भन्न खोजिएको त होइन? भन्दै सरकारको कडा शव्दमा विरोध गरेका छन।

सांसद ज्ञवालीले बढो महत्व र मिहिनेतका साथ शान्तिपूर्ण बाटोमा नेकपालाई ल्याएकोमा धन्यवाद दिनुको साटो पक्राउ पुर्जी जारी गर्ने कुरा गलत भएको बताए।

उनले पक्राउ पुर्जी जारी गरेर सरकारले चुनावमा बुथ क्याप्चर गर्ने योजना त बनाइरहेको छैन भन्दै उनले प्रति प्रश्न गरे – ‘सरकारलाई कतै यो लागिरहेको छ, चुनावका बेलामा दुईचार ठाउँ बम पड्काएर विप्लवको थाप्लोमा हालेर बुथ क्याप्चर गर्नका लागि त होइन’?


प्रतिक्रिया दिनुहोस्