काँग्रेसका प्रकाशमान सिंहको इच्छा देशको असल प्रधानमन्त्री बन्ने

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ३ : ५२


काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अवसर पाएमा आफू देशको असल प्रधानमन्त्री बन्न तयार रहेको बताएका छन्।

उनले प्रधानमन्त्री बनेर नेपालको विकास गर्ने चाहना व्यक्त गरेका हुन्।

आज शनिबार काठमाडौंमा आयोजित गुह्येश्वरी बाल शिक्षा माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा उनले असल नियत भएको र लोभ नभएको नेताहरु ठाउँमा पुगेपछि देशको कसरी कायापलट हुन्छ भन्नेकुरा आफू प्रधानमन्त्री बनेपछि जनताले अनुभव गर्ने उल्लेख गरे।

उनले भनेका छन्,‘असल नियत भएको, लोभ नभएको, नेताहरु ठाउँमा पुगेपछि देशको कसरी कायापलट हुने रहेछ भन्ने कुरा म देखाउन चाहन्छु।’


प्रतिक्रिया दिनुहोस्