‘कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ’

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ३ : २३


काठमाडौं। चर्चित गायिका मेलिना राईले इन्गेजमेन्ट तोडेकी छन्।

प्रेमी सञ्जीव बराइलीसँग केही समयअघि गरेको इन्गेजमेन्ट तोड्ने उनले निर्णय गरेकी हुन्।

आफूहरुबीच वैचारिक मतभेद देखिन थालेपछि इन्गेज तोड्ने निर्णय गरेको उनले सामाजिक सञ्जालमार्फत जनाएकी छन्।

‘केही समय अगाडी मैले आफ्नो इन्गेजमेन्ट गरेको कुरा यसै सामाजिक संजाल मार्फत घोषणा गरेको थिएँ । त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो । एउटा परिस्थितिमा हामी दुईबिच भबिष्यमा संगै जीवन बिताउने सोच सहित त्यो निर्णय गरिएको थियो । समय छोटै भएपनि जिन्दगीको बारेमा लामो बिमर्श भयो । हामी बिच बैचारिक पक्षमा स्पष्ट मतभेत देखिन थाल्यो अर्थात हाम्रो बिचारमा मेल खान सकेन । धेरै समिक्षा आत्मा समिक्षा पछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो ’ मेलिनाले फेसबुकमा लेखेकी छन्,‘फेरि सबै इन्गेजमेन्टहरु बिबाहमा परिणत हुनै पर्छ भन्ने बाध्यकारी कुरा पनि नहुने रहेछ । त्यसैले आजकै मितिबाट हामी बिचको सम्बन्ध तोडिएको कुरा म फेरि यहि सामाजिक संजालमार्फत सार्बजानिक गर्दछु । यो बीचमा सम्पूर्ण शुभचिन्तकहरुमा पर्न गएको भावनात्मक असरप्रति क्षमाप्राथी छु, साथै भबिष्यमा अझ मेहनत गरेर सांगीतिक क्षेत्रबाटै देशको सेवा गरिरहने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।’


प्रतिक्रिया दिनुहोस्