मुख्यमन्त्रीको गुनासोः मैले भनेको कर्मचारीले मान्दैनन्

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  १० : ०५


सुर्खेत । आफूले भनेअनुसार कर्मचारीले काम नगर्दा कर्णाली प्रदेशमा काम गरेको रकमसमेत जनताले पाउन नसकेको मुख्यमन्त्री जीवनबहादुर शाहीले आरोप लगाएका छन् ।

असार २५ गते भित्र सिस्टम बन्द हुन्छ भनि पटक पटक भन्दा पनि कर्मचारीले नमान्दा जनताले करोडौँ रकम नपाएको गुनासो गरेका छन् । मुख्यमन्त्री तथा मुख्यमन्त्री कार्यालयले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा भारी मात्रा काम गरेको रकम दिन बाँकी छ भनेर प्रतिवेदन सार्वजानिक भएपछि मुख्यमन्त्री शाहीको यस्तो भनाइ आएको हो ।

आफ्नो हिसाब नमिलेपछि जनताको भुक्तानी दिन आनाकाँनी गरेको उनले बताए । कर्णाली प्रदेश सरकारको मताहातमा रहेका विकासे कार्यालयको भुक्तानी दिन करोडौँ रकम बाँकी रहेको समीक्षामा सुनाएको छ ।


प्रतिक्रिया दिनुहोस्