प्रचण्ड जापान अवतरण, राजदूतले गरे स्वागत

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ८ : ०२


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान अवतरण भएका छन् । जापानको टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका अध्यक्ष प्रचण्डलाई जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले स्वागत गरे ।

भ्रमणका क्रममा प्रचण्डले आज जापानको फुकुओकामा आयोजना हुने नेपाल फेस्टिभलको समुद्घाटन गर्ने कार्यक्रम छ । त्यसपछि आइतबार प्रचण्ड नेपाली जनप्रगतिशील मञ्चको अन्तर्क्रिया कार्यक्रममा सहभागी हुने र हिरोसिमाको पनि भ्रमण गर्नेछन् ।

जापानमा रहँदा अध्यक्ष प्रचण्डले जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका नेताहरूसँग भेटवार्ता गर्ने पनि कार्यक्रम रहेको छ।

अध्यक्ष प्रचण्ड साउन २५ गते स्वदेश फिर्ता हुनेछन् ।


प्रतिक्रिया दिनुहोस्