मेलिनाले तोडिन् इन्गेजमेन्ट, सञ्जीवसँग विवाह नगर्ने

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ५ : २४


काठमाडौं । चर्चित गायिका मेलिना राईले इन्गेजमेन्ट तोडेकी छन्।

प्रेमी सञ्जीव बराइलीसँग केही समयअघि गरेको इन्गेजमेन्ट तोड्ने निर्णय गरेकी छन्।

आफूहरुबीच वैचारिक मतभेद देखिन थालेपछि इन्गेज तोड्ने निर्णय गरेको उनले सामाजिक सञ्जालमार्फत जनाएकी छन्।

मेलिनाले लेखेकी छन्, ‘सबै इङ्गेजमेन्टहरू विवाहमा परिणत हुनैपर्छ भन्ने बाध्यकारी कुरा पनि नहुने रहेछ। त्यसैले आजकै मितिबाट हामीबीचको इङ्गेजमेन्ट तोडिएको कुरा म फेरि यही सामाजिक सञ्जालमार्फत सार्वजानिक गर्दछु। योबीचमा सम्पूर्ण शुभचिन्तकहरूमा पर्न गएको भावनात्मक असरप्रति क्षमाप्राथी छु। साथै भविष्यमा अझ मेहेनत गरेर सांगीतिक क्षेत्रबाटै देशको सेवा गरिरहने प्रतिवद्धता पनि व्यक्त गर्दछु’।


प्रतिक्रिया दिनुहोस्