विश्वराज पोखरेल आईजीपी बन्न पाएनन्, राजीनामा पनि स्वीकृत भएन

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ३ : १६


काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल राजीनामाका लागि दिएको निवेदन खारेज भएको छ।

आफू भन्दा जुनियरलाई आईजिपी बनाएको भन्दै सर्वोच्च अदालतमा दिएको मुद्धा खारेज भएपछि एआईजी पोखरेलले प्रहरी प्रधान कार्यालयमा राजीनाका लागि निवेदन दिएका थिए।

तर प्रहरी प्रधान कार्यालयले सो निवेदन अस्वीकार गरेको हो। एआईजी पोखरेलले अब नियमित प्रक्रियाबाट अवकास पाउने भएका छन्।

५६ वर्षे उमेर हदका कारण पोखरेलले अनिवार्य अवकाश पाउन लागेका हुन।


प्रतिक्रिया दिनुहोस्