रणविरलाई पशु अधिकारकर्मीको न्युड फोटोसुट निम्तो, भन्छन्ः सबै जनावरको अंग उस्तै!

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  १ : २२


काठमाडौं। भारतीय अभिनेता रणविर सिंहले हालै एक अखबारको लागि न्युड फोटोसुट गरेका थिए। उनको नग्न फोटोसुटको तस्बिरहरु सामाजिक संजालमा सार्वजनिक भएपछि त्यस विषयमा हालसम्म बहस चलिरहेको छ।

उनले आफूलाई न्युड फोटोसुट गर्दा लज्जाबोध नभएको बताएका थिए। रणविर सिंहको यतिबेला प्रशंसा भन्दा बढी ट्रोल ज्यादै भइरहेको छ।

उनलाई आदिम मानव भन्दै ट्रोल गरेको पाइएको छ। ट्रोलका फोटोहरु बनाइएका छन् जहाँ उनलाई आदिम मानवसँगै अन्य रमाइलो उपमा दिइएको छ।

महिला अधिकारवादीहरुले भने यदी महिलाले त्यस्तो फोटोसुट गरेका भए महिलाले ज्यादै घृणा र अपमानको समाना गरिसक्ने बताइरहेका छन्।

यस क्रममा भारतस्थित पशु अधिकारवादी संस्था ‘पिपुल फर द इथिकल ट्रिटमेन्ट फर एनिमल्स’ पेटाले रणविर सिंहको फोटोसुटको विषयमा व्यंग्य गर्दै उनलाई जनावरसँग तुलना गरेका छन्।

पेटाले सबै जनावरहरुको अंग एक हुने बताउँदै रणविरले सो नाराका लागि नग्न फोटोसुट गर्दा उत्तम हुने बताएको छ। फोटोसुटको लागि पहिलेजस्तै रणविरले पेन्ट खोल्नेमा आफूहरु विश्वस्त भएको पेटाको भनाइ छ।

Ranveer Singh created panic with his photos, got such a photoshoot done  without wearing clothes - Nsbb

 


प्रतिक्रिया दिनुहोस्