‘द भ्वाइस’ बाट दीप श्रेष्ठ र तृष्णा विदा हुँदा राजेश पायल र प्रविशाको इन्ट्री

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  १२ : २८


काठमाडौं। चर्चित गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन ४ को दुई कोच परिवर्तन भएका छन्।

बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै आयोजकले कोच परिवर्तन गरिएको जानकारी दिएका थिए।

कार्यक्रममा तीनवटै सिजनमा कोचको रूपमा देखिँदै आएका दीप श्रेष्ठ र तेस्रो सिजनमा कोच रहेकी तृष्णा गुरुङ विदा भएको र उनीहरुको स्थानमा राजेश पायल राई र प्रविशा अधिकारी प्रवेश गरेको जानकारी दिइएको थियो।

अघिल्ला दुई सिजनमा कोच रहेका प्रमोद खरेल र राजु लामा यो वर्ष पनि रहनेछन्।

यतिबेला डिजिटल अडिसनमा सहभागी भएका करिब ४१ हजार आवेदकमध्येबाट १२० बढी प्रतिभाहरू ब्लाइन्ड अडिसनको तयारीमा छन्। एक महिनापछि सो कार्यक्रम प्रसारणमा आउनेछ।


प्रतिक्रिया दिनुहोस्