पेलोसी भन्छिन्ः चीनले ताइवानलाई एक्लो बनाउन चाहेको छ, अमेरिका त्यसो हुन दिँदैन

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  १० : ४६


एजेन्सी । अमेरिकी प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीले चीनले ताइवानलाई एक्लो पार्ने प्रयास गरेको तर अमेरिकाले त्यसो हुन नदिने बताएकी छन् ।

न्यान्सी पेलोसी बिहीबार जापानको भ्रमणमा छिन् । यहाँ पत्रकार सम्मेलनमा उनले आफ्नो ताइवान भ्रमणबारे भनिन्, ‘यस अवधिमा यथास्थितिलाई परिवर्तन गर्ने होइन, चीनले ताइवानलाई एक्लो पार्ने प्रयास गरेको छ, तर ताइवान जानबाट रोकेर त्यसलाई एक्लो पार्न सक्ने छैन । हामी तिनीहरूलाई त्यसो गर्न दिनेछैनौं।’

न्यान्सी पेलोसी सधैं ताइवानको स्वतन्त्रताको लागि आवाज उठाइरहेकी छिन्। पत्रकार सम्मेलनमा उनलाई यो भ्रमण ताइवानलाई सहयोग गर्नुभन्दा बढी भएको हो कि भनेर सोध्दा उनले भनिन्, ‘यो एउटा बेतुका तर्क हो। यो मेरो बारेमा होइन, यो ताइवानको बारेमा हो। यो भन्नको बारेमा हो ।’

सोही पत्रकार सम्मेलनमा उपस्थित अमेरिकी विदेश मामिला समितिका अध्यक्ष ग्रेगरी मिक्सले भने, ‘हामी ताइवानको अवस्था परिवर्तन गर्न यहाँ आएका होइनौं, तर हामी हाम्रा सबै साथी, सहयोगी र साझेदारहरूसँग कुरा गर्न चाहन्छौं। नआउनु पर्ने भनेको होइन, बरु आउनु भएकोमा धन्यवाद भन्नुभयो । हामी नआएको भए जनताले सोध्ने थिए, तपाई कहाँ हुनुहुन्छ ? हामी लोकतन्त्रको पक्षमा बोलिरहन्छौँ । यो भ्रमण पनि त्यही विषयमा थियो ।’

गत मंगलबार चीनको आपत्तिको बाबजुद न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरे र त्यहाँका राष्ट्रपति साई इङ्ग-वेनलाई भेटिन् । पेलोसी २५ वर्षमा ताइवान भ्रमण गर्ने पहिलो अमेरिकी उच्च अधिकारी हुन्।

चीनले ताइवानलाई आफ्नो अंग मान्छ। यस भ्रमणको विरोधमा चीनले ताइवान वरपर व्यापक सैन्य अभ्यास सुरु गरेको छ।


प्रतिक्रिया दिनुहोस्