पिताको भूमिका खेल्न अस्वीकार गरे महानायकले, भनेः म बरु सानो बाबु बन्न तयार छु!

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहिबार  ६ : २७


काठमाडौं। नेपाली सिने क्षेत्रका महानायक राजेश हमालले केही समय अगाडि चलचत्रि ‘छड्के २’ मा पिताको भूमिका खेल्न अस्वीकार गरेका थिए।

यसक्रममा एक रियालिटी सोमा सोही विषयलाई इंगित गर्दै अतिथि बनेर पुगेका हमालले आफ्नो यतिबेला पिता बन्ने उमेर नभएको बताए।

उनी केही वर्षयता आफू १७ बाट १६ वर्ष लागेँ भन्दै ठट्टा गरिरहेका हुन्छन्। यतिबेला पनि उनले आफ्नो बाबु बन्ने उमेर नभएको ठट्यौली शैलीमा भनेका हुन्।

उनले सो कार्यक्रममा ठट्यौली पारामा भनेका छन्,‘म बाबु त हुन्छु तर आमाबाबुको बाबु हुन्छु। छोराछोरीको बाबु होइन। के यो बाउ हुने उमेर हो?’

उनले दोहोर्याउँदै चलचित्रमा राम्रो भूमिका पाएको खण्डमा आफूले जस्तो रोल पनि गर्न तयार भएको बताउँदै आएका छन्।


प्रतिक्रिया दिनुहोस्