चिनियाँ राजदूत भन्छिन्ः नेपाल स्वतन्त्र ताइवानको विरोधमा उत्रनेछ

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहिबार  ५ : १७


काठमाडौं। नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले अमेरिकी कँग्रेसकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको विरोध गरेकी छन्।

ताइवान चीनको हिस्सा भएकाले त्यहाँ अनाधिकृतमा पेलोसी भ्रमणका लागि जानु चीन–अमेरिका प्रतिबद्धताको उल्लंघन भएको उनको भनाइ छ। सन् १९७९ मा संयुक्त राष्ट्रसंघमा ताइवानलाई स्पष्ट रुपमा चीनको हपरिहार्य हिस्सा भएको विषय स्वीकार गरिएको थियो।

यान्छीले सो क्रममा बुधबार नेपाल एक चीन सिद्धान्तप्रतिको प्रतिबद्धतामा दृढतापूर्वक उभिने विश्वास व्यक्त गरेकी छिन्।।

एक विज्ञप्ती सार्वजनिक गर्दै राजदूत यान्छीले ‘ताइवान स्वतन्त्रता’को नेपालले दृढतापूर्वक विरोध गरेकोमा उच्च प्रशंसा गर्दै उक्त विश्वास व्यक्त गरेकी हुन् ।

‘चीनले एक चीन सिद्धान्तप्रति नेपालको लामो समयदेखिको प्रतिबद्धता र ताइवान स्वतन्त्रताको दृढतापूर्वक विरोध गरेकोमा उच्च प्रशंसा गर्दछ,’ उनले भनेकी छन्, ‘यो नेपाल–चीन सम्बन्धको राजनीतिक आधार पनि हो।’

चीन–नेपाल हिमाल र नदीले जोडिएका असल छिमेकी, भरपर्दो मित्र र भरपर्दो साझेदार रहेको उल्लेख गर्दै राजदूत होउले भनेकी छन्, ‘दुई देशले आफ्नो सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डता सम्बन्धी मूल हितका मुद्दाहरूमा सधैं एकअर्कालाई बुझेका छन् र समर्थन गरेका छन।’

राजदूत होउले एक चीन सिद्धान्तप्रति चीनको वैध र जायज अडानलाई बुझेर नेपालले समर्थन गर्ने विश्वास पनि व्यक्त गरेकी छिन्। ‘हामी विश्वास गर्छौं कि नेपाल सरकार र यहाँका जनताले एक चीन सिद्धान्तको पालना गरिरहनेछन् र चीनको वैध र जायज अडानलाई बुझेर निरन्तर समर्थन गर्नेछन्,’ उनले भनेकी छन्, ‘एकअर्काको सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डताको रक्षा गर्न चीनसँग मिलेर काम गर्नेछन्।’


प्रतिक्रिया दिनुहोस्