धुलिखेलमा सवारी सुरक्षा सम्बन्धी कार्यक्रम सम्पन्न

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहिबार  ४ : २५


काठमाडाैं । नासा नेपालको सहकार्यमा धुलिखेल क्याम्पस, धुलिखेल काभ्रेमा सवारी सुरक्षा सम्बन्धी कार्यक्रम “हेल्मेटस् फर लाइफ, ओरिन्टेसन अफ सेफ्टी राइडिङ्ग” आयोजना भएको छ ।

करिब ५० जना दुई पाङगे्र सवारी साधन प्रयोगकर्ता सहभागी भएका सो कार्यक्रममा एफ आइ ए वल्र्ड काउन्सिल मेम्बर गोविन्द भट्टराईले नेपालमा दुई पाङगे्र सवारी दुर्घटनाको अवस्था, सेफ्टी राइडिङ्ग तरिका, गुणस्तरीय हेल्मेटको बनावट र महत्वको बारेमा प्रस्तुतीकरण दिएका थिए ।

सोहि अवसरमा आयोजना भएको “स्लो बाइक राइडिङ कम्पीटिसन” मा ६ जना प्रतिस्पर्धीले भाग लिएका थिए । जसमध्ये सरोज खड्गीले प्रथम स्थान हासील गर्दा बिकास तामाङ दोश्रो भए ।कार्यक्रममा नासा नेपालद्धारा बनाइएको “सुरक्षित मोटरसाइकल र स्कुटर यात्राका लागी जानकारी” पर्चाको वितरण गर्नुका साथै सांकेतिक रुपमा सुरक्षित हेल्मेटको वारेमा ज्ञान दिलाउनका लागि एफआईए हेल्मेट वितरण गरिएको थियो ।

धुलिखेल क्याम्पसका क्याम्पस प्रमुख सागर तिवारीले सवारी सुरक्षा सम्बन्धी जनचेतनात्मक कार्यक्रमले ठुलो महत्व राख्ने बताउदै सवारी चालकले सवारी साधन चलाउदा विषेश ध्यान पु¥याएर चलाउनु पर्ने र सुरक्षित हेल्मेटको प्रयोग गर्नु पर्ने कुरा व्यक्त गरे ।

कार्यक्रममा नासा नेपालका सचिव निरज खड्का, राष्ट्रिय युवा परिषदका जिल्ला अध्यक्ष प्रकाश रोका, नासा नेपालका ब्रान्डीङ्ग अफिसर सौगात राजभण्डारी लगाएतको सहभागीता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्