एकैदिन ७६० जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहिबार  ४ : २३


काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको २ हजार ५ सय ८९ पिसिआर परीक्षणका क्रममा ४ सय ९४ जना र ३ हजार ३ सय ३७ एन्टीजेन परीक्षणका क्रममा २ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९ सय ६९ जनाको मृत्यु भएको छ । त्यस्तै थप ३ सय २४ जना संक्रमित निको हुँदा अहिलेसम्म ९ लाख ७१ हजार २ सय ५० संक्रमित निको भएका छन् ।

हाल नेपालमा ५ हजार ६ सय २ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्