खुल्ने भयो म्यादी प्रहरीमा भर्ना, स्थानीय चुनावमा खटिएकालाई प्राथमिकता

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहिबार  ३ : २०


काठमाडौं । मंसिर ४ गते हुने चुनावका लागि सरकारले म्यादी प्रहरीको भर्ना फेरि खुलाउने भएको छ । प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सुरक्षाका लागि चार सुरक्षा संयन्त्रका जनशक्ति मात्रै पर्याप्त नहुने भएकाले म्यादी प्रहरी भर्ना खुलाउने भएको हो ।

अब प्रदेश र संघको चुनावको चुनावको लागि विशेष योजना बनाउने भन्दै भर्ना पनि सुरु गर्ने नेपाल प्रहरीले जनाएको छ । नेपाल प्रहरीले चाहिँ १ लाख १९ हजार म्यादी प्रहरी माग गरेकोमा स्थानीय तहको निर्वाचनमा एक लाख म्यादी प्रहरी भर्ना गरिएको थियो । स्थानीय तहमा खटिएकाहरुलाई अबको भर्नामा प्राथमिकता दिने प्रहरीले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्