अफगानिस्तानमा अलकायदाका मुख्य नेता मारिए, त्यहीँको तालिबान सरकार भने बेखबर

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहिबार  २ : ५३


काबुल। अफगानिस्तानको तालिबान सरकारले काबुलमा अमेरिकी ड्रोन हमलामा अल कायदा नेता अयमान अल–जवाहिरी मारिएको अमेरिकी ‘दावी’ को छानबिन गरिरहेको जनाएको छ।

जवाहिरी मारिएको भन्ने स्थानमा उनी भए–नभएको बारेमा आफूलाई केही थाहा नभएको तालिबान अधिकारीले बताएका छन्।

‘दाबीबारे सरकार र नेतृत्वलाई केही थाहा छैन्। नत कुनै संकेत नै छ’, दोहामा रहेको संयुक्त राष्ट्र संघका लागि तालिबान प्रतिनिधि सुहेल शाहिनले भने।

अमेरिकाले ड्रोन हमलामा जवाहिरी मारिएको जनाइएको थियो। आइबार काबुलस्थित एउटा घरको बाल्कोनीमा लुकिरहेको अवस्थामा उनी ड्रोन हमलामा मारिएका थिए। उनको मृत्यु अलकायदाका लागि ठूलो झट्का बताइएको छ।

उनको हत्याबारे अनुसन्धान भइरहेको उनले बताए। ‘दावीको सत्यता पत्ता लगाउन अहिले अनुसन्धान भइरहेको छ,’ उनले भने। अनुसन्धानको नतिजा सार्वजनिक गरिने शाहिनले बताए।

इजिप्टका नागरिक जवाहिरी संसारको सबैभन्दा कुख्यात आतंकवादीमध्ये एक थिए। उनी अमेरिका मा सेप्टेम्बर ११ को हमलाका मास्टरमाइन्ड रहेको अमेरिकाले दाबी गर्दै आएको थियो।

सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकी ट्वीन टावरमा भएका आत्मघाती हमलामा करिब ३ हजार जनाको ज्यान गएको थियो।

सन् २०११ मा पाकिस्तानमा ओसामा बिन लादेन मारिएपछि उनी फरार थिए र अलकायदालाई हाँकेका थिए। अमेरिकाले उनको टाउकोको मूल्य २५ मिलियन डलर इनाम तोकेको थियो। एजेन्सी


प्रतिक्रिया दिनुहोस्