काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता मृत फेला परेका छन्। पार्टीको विशेष कमिटीका सदस्य, सल्लानका पूर्व जिल्ला इन्चार्ज लोकमान केसी (लोकपाल) बिहीबार बिहान मृत फेला परेका हुन्।
छत्रेस्वरी गाउँपालिका–४ भिम्पे ठूलीखर्क घर भएका उनी बाग्चौर नगरपालिका–१० मोख्ला नजिकै धान खेतमा मृत भेटिएका हुन् । झोला बोकेका उनी धान खेतमा घोप्टो परेको अवस्थामा मृत फेला परेका थिए।
प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ।