आज साउन १९ गते बिहिबार, कस्तो छ आजको राशिफल?

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहिबार  ६ : २२


काठमाडौं आज साउन महिनाको १९ गते विहीबार। अगष्ट महिनाको ४ तारिक २०२२। श्रावणशुक्लपक्ष सप्तमी तिथि, तैलिक करण, चित्रा नक्षत्र, साध्य योग, चन्द्रमा कन्या राशिमा रहेको छ। आज बिहान ५ः२९ मा सूर्योदय र ६ः५२ मा सूर्यास्त हुनेछ। कस्तो छ आजको राशिफल? तल हेर्नुहोस्

मेष (चु। चे। चो। ला। लि। लु। ले। लो।अ) –

लवमेटका साथमा घुम्ने, समय यापन गर्ने वा कुनै समारोहमा एकसाथ सरिक हुने अवसर मिल्नेछ । सहकर्मी साथी वा सहयोगीसित झैझगडा हुने दिन हो, बल प्रदर्शन गर्नु हुँदैन, नत्र सानोतिनो चोटपटक नै लाग्नसक्ने परिस्थिति छ । मौजमस्ती र आनन्दका लागि समय प्रदान गर्ने दिन हो, तथापि तरल पदार्थको कारोबार, पेट्रोल, सुगन्ध र रेडिमेड वस्त्रका व्यवसायीले लाभ पाउने सङ्केत छ ।

बृष (इ। उ। ए। ओ। बा। बि।बु। बे। बो)–

आफ्नो काममा मात्र ध्यानकेन्द्रित गर्ने दिन हो। अर्काको काम वा विषयवस्तुमा ध्यान दिएमा अवगाल वा अपजस खेप्नुपर्ने समय छ । प्रतिस्पद्र्धा र परीक्षामा सफलता पाउने दिन हो, तर राम्रो रिजल्टको चाहना छ भने गोप्य ढंगले तैयारी गरेको राम्रो हुन्छ । हरेक मान्छे प्रयास, प्रतिस्पद्र्धा र सिकाइका आधारमा मात्र दक्ष बन्न सक्दछ भन्ने ठानी आज जीवनको वास्तविक लक्ष्य पहिल्याउने दिन हो।

मिथुन (का। कि।कु। घ। ङ।छ।के।को, ह) –

आफैंले कुनै प्राविधिक वा सीपमूलक ज्ञान प्राप्त गरेर लाभान्वित बन्ने समय छ, उता घरमा छोराछोरी वा भाइबहिनीका समस्यामा केन्द्रित हुनुपर्नेछ । लवमेटसित भेटघाट एवं गफगाफ गर्ने मौका जुर्नेछ, त्यस्तै अपेक्षित माया, सहयोग एवं समझदारी कायम हुनेछ । त्यस्तो कुनै आकस्मिक निणर्य लिनुपर्ने बाध्यता हुनसक्छ, जुन तपाईंको आत्मसम्मान र गरिमा विपरीत हुनसक्छ।

कर्कट (हि।हू।हे।हो।डा।डि।डु।डे।डो)

कर्कट राशिका जातकहरुको लागि आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने यात्रामा बाधा आउनसक्छ । तपाईले सोच र परिवारका कुरा नमिल्दा नकारात्मक सोच आउनसक्छ । अध्ययन अध्यापनमा मन लगाउनु होला । तपाईको सोच अनुसारका काम नहुँदा नकारात्मक धारणा आउनसक्छ । कसैसँग पनि विवाद नगर्नुहोला।

सिंह (मा।मि।मु।मे।मो।टा।टि।टु।टे)

सिंह राशिका जातकले विहीबारको बिहान सूर्योदयको दर्शन गर्नुहोला। तपाईलाई अनावश्यक विवाद हुनसक्छ। आजको दिन भुलेर पनि कसैसँग विवाद नगर्नुहोला। पारिवारिक समस्याका कारण मनमा अनेक समस्या उत्पन्न हुनसक्छ। त्यसैले आजको दिन मौन रहेर आफ्नो नियमित कार्य गर्नुहोला। अध्ययनमा रुचि छ भने नयाँ पुस्तक अध्ययनको थालनी तपाईको लागि शुभ हुनसक्छ।

कन्या (टो।प।पी।पू।ष।ण।ठ पे।पो)

यात्रा गर्नुपर्ने हुनसक्छ। नयाँ मित्रमण्डलीसँगको भेटले कार्यगत उत्साह थपिने छ। आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ। आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्र्रो हुनेछ। स्त्रीजातिको साथ र सहयोग लिएर कुनै काम गर्नु थाल्नुभएको छ भने सोचअनुसारको प्रतिफल प्राप्त हुनेछ। चन्द्रमाको साथ पनि रहेको छ। आजको दिन गरेको काम शुभ हुनेछ।

तुला (रा।री।रु।रे।रो।ता।ती।तु।ते)

तुला राशिमा जातका लागि मानसिक असन्तोष र तपाईले सोच अनुसारको काम नहुँदा चिन्ता थप हुनसक्छ। त्यसैले मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ। व्यापार ब्यबसायमा हुनुहुन्छ भने आजको दिन तपाईलाई फाइदा हुन्छ। धैर्यको आवश्यकता हुन्छ। सकारात्मक सोच राखेर अघि बढ्नु होला।

वृश्चिक (तो।ना।नि।नु।ने।नो।या।यि।यु)

बिहान सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुहोला। मनमा प्रसन्नता र उत्साह बढ्ने छ। तपाईले कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ। आज शुरुवात गरेको कामबाट सफलता प्राप्त हुनेछ। तपाईमाथि अनावश्यक आरोप लाग्नसक्छ त्यसैले आफ्नो नियमित काम गर्दा होसियारी, धैर्य आवश्यक छ। बिहान सूर्योदयको दर्शन र कही अध्यात्मज्ञान श्रवण गर्नुहोला।

धनु (ये।यो।भा।भी।भु।ध।फा।ढ।भे)

सन्तान र स्त्रीजातिको साथ सहयोगले तपाईको कार्य प्रगति हुनेछ। आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला। आजको दिन ब्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थपिने छ। आजको दिन मित्रमण्डलीबाट असहयोग हुनसक्नेछ। साथ सहयोग कसैको नहुँदा पनि तपाईको मनमा उर्जाका लागि देवालय र शिवालयको दर्शन गर्नु जानुहोला।

मकर (भो।जा।जी।जू।जे।जो।ख।खि।खु।खे।खो।गा।गी)

आजको दिन तपाईल सोचेअनुसारको काम हुने भएकाले नयाँ काम गर्नसक्नुहनेछ। आफूले गरिरहेको कामबाट मानसम्मान प्राप्त हुनसक्छ। आफ्नो कर्मयात्रामा हिँडिरहेकाहरुलाई नसोचेको सम्मान मिल्नसक्छ। धेरै खुसी र दुःखी नभइकन आफ्नो काम गरिरहनु होला। मनमा निकै हर्ष छाइरहने छ बिहान सूर्यनारायणलाई जल दिएर दर्शन गर्नुभयो भने दिन सफल हुनेछ।

कुम्भ (गु।गे।गो।सा।सी।सु।से।सो।द)

मनमा अति प्रसन्नता छाउने छ। कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजयप्राप्ति हुनेछ। ब्यापार व्यबसायबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुभयो भने मानसम्मान मिलनेछ। सामाजिक काममा मन जानेछ। तपाईले गरेको कार्यको परिवारका सदस्य समेत खुसी हुनेछन्।

मीन (दी।दु।थ।झ।ञ।दे।दो।च।ची)

विहीबारका दिन मीन राशिमा जातकले बिहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम छ। अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्ने जातकले आजको दिन बिहान सूर्यस्तोत्र पाठ गर्दा सकारात्मक सोच बढ्नेछ। तपाईले गर्न खोजेको काममा पनि सफलता मिल्नेछ। यात्रा र धार्मिक कार्यमा लाग्नु भयो भने मनमा उत्साह भरिने छ।


प्रतिक्रिया दिनुहोस्