आलिया भट्टको गुनासोः श्रीमान रणवीरले मेरो खुट्टा मालिस गर्दैनन्!

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ६ : ०२


काठमाडौं। बलिउड अभिनेत्री आलिया भट्ट र रणवीर कपुरबीच यसैवर्षको अप्रिल महिनामा विवाह भएको थियो।

विवाह भएको छोटो समयमै आलिया गर्भवती छिन्। हालै एक अन्तरवार्तामा आलियालाई रणवीर कपुरले गर्भावस्थामा उनलाई कसरी हेरविचार गरिरहेका छन् भनेर प्रश्न सोधिएको थियो।

सो क्रममा उनले यसको जवाफमा रणबीरले आफूलाई विशेष महसुस गराउनका लागि धेरै कुरा गर्ने तर खुट्टा भने मालिस नगर्ने बताएकी छिन्।

आलिया भन्छिन्, ‘उनले सधैँ मेरो राम्रो तरिकाले ध्यान राख्छन् तर आजकाल विशेष तरिकाले हेरविचार गरिरहेका छन्। तपाईंले ‘रणबीरले खुट्टा मालिस गर्छन् त?’ भनेर सोध्न चाहनुहुन्छ भने उनले यस्तो गर्दै गर्दैनन्। तर उनले मलाई विशेष महसुस गराउनका लागि धेरै कुरा भने गर्छन्।’


प्रतिक्रिया दिनुहोस्