बाढी पहिरो प्रभावितको उद्धारमा ध्यान दिन विप्लव नेकपाको आग्रह

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ३ : ५३


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले अविरल वर्षाका कारण देशैभरि बाढी पहिरोबाट प्रभावित भएका जनताको उद्धार र राहत व्यवस्थापन कार्यलाई प्राथमिकतामा राख्न नेपाल सरकारसँग जोडदार माग गर्दै उद्धार र राहत कार्यमा लागि पर्न सिंगो पार्टी पंक्तिलाई विशेष निर्देशन दिएको छ।

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले आज एक बिज्ञप्ति जारी गर्दै सो निर्देशन दिएका हुन्।

प्रवक्ता प्रकाण्डद्वारा जारी बिज्ञप्तिमा प्राकृतिक विपत्तिवाट भएको क्षतिप्रति दुख व्यक्त गर्दै साहस र संयमताका साथ यस विपत्तिको सामना गर्न वेलकाका प्रभावित जनसमुदायमा पार्टी विशेष अनुरोध गरिएको छ।

साथै जोखिममा परेका बेलकाबासी जनताको सुरक्षित स्थानमा स्थानान्तरण, तत्काल उद्धार गरि सुरक्षित स्थानमा वासको व्यवस्था र आवश्यक राहतको व्यवस्था गर्न नेपाल सरकारसँग विशेष मागसमेत गरिएको छ।


प्रतिक्रिया दिनुहोस्