नेपाल एयरलाइन्सको विमानमा शंकास्पद व्यक्ति घुसेपछि उडान रोकियो

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ३ : १२


काठमाडौं । काठमाडौंबाट भारतको मुम्बई उड्न लागेको नेपाल एयरलाईन्सको जहाजबाट २ जना शंकास्पद व्यक्ति पक्राउ परेका छन्।

आतंकवादी संगठनसंग सम्बन्ध रहेको आशंकामा नेपाल प्रहरीको सीआईबीले उनीहरुलाई पक्राउ गरेको हो।

नेपाल एयरलाइन्सको RA-201 जहाजबाट २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरु श्रीमान श्रीमती रहेको खुलेको छ। थप विवरण आउँन बाँकी छ।


प्रतिक्रिया दिनुहोस्