चीनमा चक्कु हमलाः ३ जनाको मृत्यु, ६ घाइते

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  २ : ५०


बेइजिङ । दक्षिणपूर्वी चीनको जियान्सी प्रान्तको एक किन्डरगार्टनमा बुधबार चक्कु प्रहार हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।

स्थानीय समयअनुसार बुधबार बिहान १० बजे एन्फु काउन्टीको निजी किन्डरगार्टनमा उक्त हमला भएको थियो ।

४८ वर्षीय संदिग्ध फरार छन् ।  संदिग्धको तीब्र खोजी भइरहेको प्रहरीले जनाएको छ । ‘सार्वजनिक सुरक्षा निकायहरूले संदिग्धलाई खोज्न हरसम्भव प्रयास गरिरहेका छन्’  प्रहरी विज्ञप्तिमा भनिएको छ । -एजेन्सी


प्रतिक्रिया दिनुहोस्