कारभित्र हस्तमैथुन गर्ने एक नेपाली युवक अष्ट्रेलियाबाट निकालिए!

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  १२ : २७


काठमाडौं। अष्ट्रेलियामा कारभित्र हस्तमैथुन गर्ने एक नेपाली अब नेपाल नै फर्काइने भएका छन्।

सन् २०१५ मा अष्ट्रेलिया पुगेका एक नेपाली पुरुष ‘यौन अपराधी’ घोषित भएर घर फिर्ता हुने स्थितिमा पुगेको अस्ट्रेलियाको संचारमाध्यम एबीसी डटनेटले जनाएको छ।

२६ वर्षीय ती नेपाली युवक २०२१ मा होबार्टबाट पक्राउ परेका थिए। पक्राउ पर्दा उनी खाद्यान्न डेलिभरी चालकको रूपमा काम गर्थे।

होबार्ट न्यायीक अदालतका अनुसार बिहानको डेलिभरी सक्काएर ती युवक रोजनी पार्कतर्फ गएका थिए। त्यहाँ गएपछि वरपर कोही नभएको सोचेर उनले कारभित्र हस्तमैथुन गर्न थालेका थिए।

काउन्सिलका कर्मचारी जब कार रोक्न पाइँदैन भन्नका लागि त्यहाँ पुगे तब उनलाई कारभित्र रंगेहात फेला पारिएको थियो।

नीमाथि निषेधित व्यवहारमा संलग्न भएको भन्दै मुद्दा परेपछि उनलाई अदालतले स्वदेश फिर्ता पठाउने निर्णय गरेको हो। मुद्दामा उनी दोषी पाइएका हुन् ।

उनले अझै त्यस्ता काम गर्नसक्ने सम्भावना भएकाले फिर्ता पठाउनुको विकल्प नभएको छ।


प्रतिक्रिया दिनुहोस्