चीनको जनमुक्ती सेनाले ताइवान घेरेर सैन्य अभ्यास सुरु गर्ने घोषणा गरेको छ। अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेपछि चिनियाँ सेनाले यस्तो घोषणा गरेको हो।
चीनको निरन्तर चेतावनीका बावजुद अमेरिकी सभामुख पेलोसी ताइवान पुगेकी छन् । मंगलबार साँझ उनी उच्च सुरक्षाबीच ताइपेइको विमानस्थलमा अवतरण गरेकी हुन् ।
उनी जहाजबाट ओर्लिँदै गरेको तस्बिर बीबीसीसहितका अन्तर्राष्ट्रिय मिडियाले सार्वजनिक गरेका छन् । अमेरिकी सरकारले औपचारिक घोषणा नगरेको यस भ्रमणलाई पछिल्लो २ दशकभन्दा लामो समयको अन्तरालमा अमेरिकी उच्च अधिकारीको महत्त्वपूर्ण भ्रमणको रुपमा व्याख्या गरिएको छ।
अमेरिकाले पेलोसीको भ्रमणअघि नै ताइवानको समुद्री क्षेत्रमा युद्धपोत तैनाथ गरिसकेको थियो। पेलोसीको यो भ्रमणले चीन र अमेरिकाबीचको तनाव झन् बढाउने भएको छ। एजेन्सी