अमेरिकी सभामुख ताइवानमा, चीनद्वारा भत्सर्ना

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ९ : ३२


काठमाडौं । अमेरिकी संसदको तल्लो सदनकी सभामुख न्यान्सी पलोसी ताइवान पुगेकी छन्।

उनी सवार विमान ताइवानमा अवतरण गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

पलोसी अमेरिकी सरकारको तेस्रो बरियताकी उच्च अधिकारी हुन्। ताइवानमा लामो समयपछि उच्च अमेरिकी अधिकारीको भ्रमण भएको हो।

उनी बेइजिङको लामो समयदेखि आलोचक रहँदै आएकी छन्।

आज भएको उक्त भ्रमण बारे चीनले अमेरिकाले ‘मूल्य चुकाउनुपर्ने’ चेतावनी पनि दिएको छ।

चिनियाँ विदेशमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै पेलोसीको भ्रमणप्रति आपत्ति जनाएको छ।

ताइवान एउटा स्वशासित टापु हो तर चीनले उसमाथि दाबी गर्दै आएको छ। चीनले ताइवानलाई आफूबाट छुट्टिएको प्रान्तको रूपमा हेर्ने गर्छ।

 


प्रतिक्रिया दिनुहोस्