धौलागिरी लघुवित्तको श्रावण २४ देखि सार्वजनिक शेयर निष्काशन हुँदै

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ८ : ०३


काठमाडाैं । २५० भन्दा माथी नेटवर्थ भएको धौलागिरी लघुवित्त वित्तीय संस्था लिमीटेडको श्रावण २४ देखि सार्वजनिक शेयर निष्काशन हुँदै छ।

बागलुङ जिल्ला केन्द्रिय कार्यालय रहेको धौलागिरी लघुवित्त वित्तीय संस्था लिमीटेडको श्रावण २४ गते देखि सार्वजनिक शेयर निष्काशन हुने भएको छ । जसको बिक्री प्रबन्धकमा सनराईज क्यापिटल लिमीटेड रहेको छ ।

हाल उक्त कम्पनीको चुक्ता पुँजी रु.७ करोड रहेकोमा सार्वजनिक शेयर निष्काशन पश्चात १० करोड ३१ लाख पुग्नेछ। हाल ७ करोड पुँजी रहेको कम्पनीको अपरिस्कृत वित्तीय विवरण बमोजिम जगेडा तथा कोषमा रु ११ करोड रहेको छ । जसबाट प्रतिशेयर नेटवर्थ रु.२५७ रुपौँया हुन आउँछ ।

कम्पनीको संचित नाफा नोक्सानी समेत रु.४.६ करोड भन्दा माथि रहेकोले सार्वजनिक शेयर निष्काशन पश्चात समेत शेयरधनीहरुको लागी ४० प्रतिशत भन्दा बढि लाभांस वितरण गर्ने क्षमता रहेको वित्तीय विवरणले देखाउँछ ।

हाल राष्ट्रिय स्तरको उक्त लघुवित्त कम्पनीले ४४ वटा शाखा कार्यालयबाट सेवा विस्तार गर्दै आईरहेको छ । जसबाट करिब ३६,००० ग्राहक सदस्यहरु मार्फत कुल रु.१४४ करोड कर्जा विस्तार र रु.६८ करोड बचत संकलन गरेको छ । आ. व. २०७८/०७९ को अपरिस्कृत वित्तीय विवरण बमोजिम उक्त कम्पनीको प्रतिशेयर आम्दानी रु. ३७.२५ रहेको छ।


प्रतिक्रिया दिनुहोस्