जनरल इन्स्योरेन्स कम्पनीका ग्राहकलाई मनमोहन मेमोरीयल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा विशेष छुट

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ८ : ००


काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र मनमोहन मेमोरीयल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, काठमाडौंबिच नगद रहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राम चन्द्र श्रेष्ठ र मनमोहन मेमोरीयल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, काठमाडौंको तर्फबाट नास्तु शर्माले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि.बाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुले बीमालेखको सीमा सम्म मनमोहन मेमोरीयल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, काठमाडौंबाट नगदरहित हस्पिटलाईजेशन सुविधा प्राप्त गर्न सक्ने छन् ।


प्रतिक्रिया दिनुहोस्