डिशहोमको सेवाहरु अब अनलाईनबाट रिचार्ज गर्न सकिने

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ७ : ५६


काठमाडौं । डिशहोमले प्रदान गर्ने सेवाहरु अब नेपालमा उपलव्ध अनलाइन सेवा मार्फत रिजार्ज गर्न सकिने भएको छ ।

आइएमई पे, ईसेवा, खल्ती र प्रभु पेमार्फत डिसहोमले प्रदान गर्ने सेवाहरु रिचार्ज गर्न सकिने भएको हो । रिचार्ज गर्ने क्रममा आफूले लिएको सेवाबारे बुझेर मात्र रिचार्ज गर्न कम्पनीले सूचित गरेको छ । जस्तै, डिसहोम डीटीएच मात्र प्रयोग गरेको भए टीभी सेग्मेन्टमा गएर डिसहोममा क्लिक गरेर रिचार्ज गर्न सकिन्छ ।

त्यस्तै डिसहोम फाइबरनेट मात्र चलाएको भए इन्टरनेट सेग्मेन्टमा गएर डिसहोम फाइबरनेटमा क्लिक गरेर रिचार्ज गर्न सकिन्छ ।

त्यस्तै फाइबरनेट र डीटीएच कम्बो प्याकेज लिएको खण्डमा भने टीभी सेग्मेन्टमा गएर डिसहोम कम्बो प्याकेजमा क्लिक गरेर सेवा लिन सकिने कम्पनीले जनाएको छ ।

अनलाइन रिचार्जका क्रममा केही समस्या आएमा ग्राहक केन्द्र ९८०१५४४०००मा सम्पर्क गर्न सकिने कम्पनीले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्