सन्रराइज बैंकले सुरु गर्‍याे ‘नेपाल पे क्युआर’ सेवा

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ७ : ५२


काठमाडाैं । ‘स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौं’ भन्ने मुलमन्त्रका साथ बैंकिङ्ग सेवाहरुमा डिजिटाइजेसनलाई प्रबर्धन गर्दै आएको सन्राइज बैंकले नेश्नल पेमेन्ट स्वीच् अन्तर्गत नेशनल पेक्युआरलाई आफ्नो मोबाइल बैंकिङ्ग एप्लीकेसन सन्राइज स्मार्टमा एकीकृत गरेको छ।

हिजो बैंकको केन्द्रीय कार्यालयमा भएको एक कार्यक्रमबीच बैंकका नायव महाप्रबन्धक रविन नेपाल तथा नेपाल क्लियरिङ्ग हाउस प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत निलेस मान प्रधानले संयुक्त रुपमा यो सेवाको शुभारम्भ गरेका हुन्।

सन्राइज बैंकका ग्राहकहरुले आफ्नो मोबाइल बैंकिङ्ग एप प्रयोग गरी नेपाल क्युआर र्मचेन्टहरुमा सजिलै भुक्तानी गर्न सक्नेछन्। साथै, सन्राइज बैंकमार्फत क्यु आर भुक्तानी सेवा लिएका वा लिन चाहने ब्यावसायीहरुले ‘नेपाल पे क्यूआर स्ट्याण्ड’ प्राप्त गर्न पनि सक्नेछन्।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्धेश्यले बैंकले २० हजारभन्दा बढी मर्चेन्ट नेटवर्क पिओएस तथा क्यूआर १५९ एटिएम , १३९ शाखा, १३ वटा एक्सटेन्सन काउण्टर, ९४ वटा शाखारहित बैंकिङ्ग सेवामार्फत सेवाप्रदान गर्दै आएको सन्राइज बैंक कार्ड पेमेन्ट क्षेत्रमा पनि अग्रणी रहेको छ।


प्रतिक्रिया दिनुहोस्