बेनेली मोटो ब्लगर्स सम्मेलन सम्पन्न

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ७ : ३०


काठमाडाैं । बेनेली नेपालले मोटो ब्लगर्स सम्मेलन सम्पन्न गरेको छ।

कम्पनीले सिर्जनाकर्ता, निर्माता र भिडियोग्राफी प्रयोग गरेर आफ्नो रचनात्मक विचारलाई जीवन्त बनाउन मन पराउने व्यक्तिका लागि मोटोब्लगर्स सम्मेलनको आयोजना गरेको जनाएको छ।

उक्त सम्मेलनमा ४० भन्दा बढी मोटोब्लगर्स सहभागी थिए। बैठकले मोटोब्लगर्सहरूलाई सडक सुरक्षा, गैरकानुनी परिमार्जनहरू बारे शिक्षा दियो भने मोटोब्लगर्सहरूले पनि आफ्नो यात्रा साझा गरे।

उक्त कार्यक्रममा ७५२ एस, टीएनटी ६०० आई ३०२ एस टीआरके २५१ र पेसारो १२५ जस्ता फ्ल्यागसिप मोडेलहरु प्रदर्शन गरेको थियो।


प्रतिक्रिया दिनुहोस्