नेपाल र बंगलादेश बराबरीमा रोकिए, अब माल्दिभ्समा नेपालको भाग्य

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ६ : २५


काठमाण्डौँ । साफ यू-२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग बराबरी खेलेको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा मंगलबार भएको खेलमा नेपालले बंगलादेशसँग १(१ गोलको बराबरी खेलेको हो ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको दुबै गोल दोस्रो हाफमा भएको थियो ।
बंगलादेशको लागि खेलको ६३ औं मिनेटमा मोहमद पियासले गोल गरे भने खेलको ६८ औं मिनेटमा निरन्जन मल्लले गोल गर्दै नेपाललाई १(१ गोलको बराबरीमा ल्याए । पहिलो हाफमा राम्रो खेल भए पनि दोश्रो खेलको सरुवातमा भने तनाव भयो । झगडा भएपछि ३ खेलाडीले रातो कार्ड पाएका थिए ।

यस बराबरीसँगै नेपालले फाइनल पुग्ने सम्भावना कायम राखेको छ । नेपालले ४ खेलमा ७ अंक जोडेको छ । नेपाल दोस्रो स्थानमा उक्लिएको छ । बंगलादेशले भने फाइनलमा स्थान पक्का गरेको छ ।

अपराजित रहेको बंगलादेशले ४ खेलमा १० अंक जोडेको छ ।

बंगलादेश शीर्ष स्थानमा रहेको छ । अब नेपालले फाइनल पुग्न भारत र माल्दिभ्सबीचको खेलको नतिजा कुर्नु पर्नेछ । यदि भारतले माल्दिभ्ससँग हार ब्यहोरेमा नेपाल फाइनल पुग्नेछ ।

भारतले जित वा बराबरी गरेको खण्डमा नेपाल बाहिरिने छ । भारत र माल्दिभ्सबीचको खेल आज बेलुका ७स्१५ बजे सुरु हुनेछ ।


प्रतिक्रिया दिनुहोस्