नेपाल र बंगलादेशबीचको खेलमा झगडा, तीन खेलाडीले पाए रातो कार्ड

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ५ : ५५


काठमाडौं । साफ यू २० च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र बंगलादेश भीाडिरहेका छन् । पहिलो हाफको गोलरहित बराबर खेलेका दुई टोलीले अहिले एकएक गोल गरेका छन् । तर दोश्रो हाफको खेल सुरु हुनेवित्तिैकै दुई टोलीबीच झगडा भएको छ । जसमा तिन खेलाडीले रातो कार्ड पाएका छन् ।

बंगलादेशका साहिदुल इस्लामले दोस्रो पहेंलो कार्डसँगै रातो कार्ड खाँदा नेपालका दीपेश गुरुङ सिधै रातो कार्ड खाए । बेन्चका नेपाली खेलाडी रोहित सुब्बा मैदान प्रवेश गरेर झगडा गर्न लाग्दा उनलाई पनि रेफ्रीले रातो कार्ड देखाएका थिए ।

खेलको ४८ औं मिनेटमा बंगलादेशका कप्तान तनवीरले सहायक रेफ्रीसँग आक्रोशित रुपमा प्रस्तुत भएपछि नेपालका कप्तान आयुष घलानले उनलाई पेल्दा झगडा भएको थियो । खेल सकिन अब १० मिनेट बाँकी छ ।


प्रतिक्रिया दिनुहोस्