पाकिस्तानी भूमिमा १७ वर्षपछि इङ्ग्ल्यान्ड क्रिकेट टिम, ७ टि २० खेल

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ५ : ४२


काठमाण्डौँ । पाकिस्तानी भूमिमा १७ वर्षपछि इङ्ग्ल्यान्ड क्रिकेट टिमले भ्रमण गर्ने भएको छ ।

आउँदो सेप्टेम्बर २० देखि अक्टोबर २ तारिखसम्म सात खेलको तालिका समेत तय भएको पाकिस्तान क्रिकेट बोर्डले जनाएको छ ।

प्रतियोगिताको नाम बम्बर टी–२० शृङ्खला राखिएको छ । टी–२० वरीयतामा दोस्रो नम्बरमा रहेको इङ्ग्ल्यान्ड र तेस्रो स्थानमा रहेको पाकिस्तानबीचको यो खेललाई निकै महत्वका साथ हेरिएको छ ।

किनकि यो खेल टि २० विश्वकप अगाडी हुँदैछ । बोर्डका अनुसार सुरुका चार वटा खेल कराँचीमा र तीन वटा खेल लाहोरमा हुने पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का निर्देशक जाकिर खाँनले बताए ।


प्रतिक्रिया दिनुहोस्