भारतले गण्डक बाँधका सबै ढोका खोल्यो, जोखिममा नवलपरासीका ४० गाउँ

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ४ : ५०


काठमाण्डौँ । भारतले गण्डक बाँधको सबै ढोका खोलिदिएको छ । नारायणी नदीमा पानीको सतह बढ्न थालेपछि भारतले त्रिवेणी ब्यारेजस्थित गण्डक बाँधका सबै ३६ वटै ढोका खोलेको हो ।

देवघाटस्थित जलमापन केन्द्रले नारायणी नदीको पानीका सतह खतरा नजिक पुगेको जनाएपछि तल्लो तटीय क्षेत्रमा समेत खतरा बढ्न सक्ने भन्दै भारतले ढोका खोलेको हो । भारतले ढोका खोलेसँगै नेपालका वस्ती सधैँजसो डुबानमा पर्ने गर्दछन् ।

यसपटक पनि भारतले बााधका धोका खोलेपछि पूर्वी र पश्चिम नवलपरासीका ४० बढी गाउँ डुबानको जोखिममा परेका छन् । दुई दिनको लगातारको वर्षापछि नारायणी नदीमा पानीको सतह बढिरहेको छ । पानीको सतह बढ्न थालेपछि तटीय क्षेत्रका वासिन्दालाई उच्च सर्तकता अपनाउन जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्