बेलायतमा भगवान गणेशको तस्बिर भएको सुनको बिस्किट सार्वजनिक

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ४ : २४


काठमाडौं। बेलायतमा हिन्दु भगवान गणेशको तस्बिर भएको सुनको बिस्किट सार्वजनिक गरिएको छ।

२० ग्रामको उक्त बिस्किटको मूल्य ११ सय १०.८० पाउन्ड भएको बीबीसीले जनाएको छ।

सरकारी कम्पनी रोयल मिन्टले उक्त सुनको बिस्कुट बनाएको हो। डिजाइनर इमा नोबेलको डिजाइनमा उक्त बिस्किट बनाइएको हो।

सो बिस्किटमा गणेशको एक हातमा थाली देखिएको छ भने खुट्टा नजिक लड्डु राखिएको छ।

हिन्दु समुदायको सम्मानमा उक्त बिस्किट बनाइएको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्