रविको पार्टीको कर्णाली भेलाः उर्लियो जनसागर

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ३ : ५१


काठमाण्डौँ । राष्टिय स्वतन्त्र पार्टीको कर्णाली भेलामा जनसागर उर्लेको छ । संगठन विस्तार अभियानको क्रममा देश दौडाहामा पुगेको सो पार्टीले आज गरेको कार्यक्रममा ठाउँठाउँबाट हजारौँको संख्यामा कार्यक्रममा सहभागि भएका हुन् । रविले यसअघि नै कर्णालीको कालीकोटमा अस्पताल पनि बनाएर चर्चामा थिए ।

भेलालाई पपार्टीका सभापति लामिछानेले सम्बोधन गरेका थिए । उनका अनुसार आजै कर्णालीमा प्रदेश र जिल्ला समितिहरु गठन हुने छ । जनताको सहभागिताले खुसी ब्यक्त गर्दै उनले फेसबुकमा पनि लेखेका छन्

‘यस्तो होइन कि यो देशमा पहिलो पटक कुनै भेलामा यति धेरै मान्छे आएका हुन्। फरक यत्ति हो कि पुराना दलहरुले यस्तै हुललाई र जनतालाई गरेको सबै बाचा विर्सिए।मेरो पुस्ताले गर्ने राजनीतिले जनता माथि त्यस्तो घात गर्दैन।तपाईहरुले दिनु भएको यो अथाह मायालाई हामी न्याय गछौ। आज भएको कर्णाली प्रदेश भेलामा सयौं मानिसहरु धेरै भिड भएर फर्किन पर्यो ्र।आजै हामीले कर्णाली संसार भरका सहयोगीहरुको साथले हामीले अब हामी सिंगो देशको स्वास्थ्य अवस्था सुधार्छौ। हामी सक्छौ र हामी गर्छौं।’


प्रतिक्रिया दिनुहोस्