मुम्बईमा नेपाली चलचित्र प्रेमगित ३ को आक्रामक प्रचार

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ३ : १९


काठमाण्डौँ । बहुप्रतिक्षित सिनेमा प्रेमगित ३ को प्रदर्शन मिति तय भइसकेको छ । कोरोनाअघि नै निर्माण भएको चलचित्र कोरोनाकै कारण प्रदर्शन हुन सकेन । तर असोज ७ गते भने चलचित्र प्रदर्शनमा आउने पक्का छ । नेपालमा मात्र होइन नेपालको पहिलो चलचित्रको रुपमा प्रेमगित ३ हिन्दी भाषामा बलिउडमा प्रदर्शन हुने छ । अहिले प्रचार प्रसारको लागि चलचित्रको टोली मुम्बईमा छ । मुम्बईका मुख्य ठाउँहरुमा अहिले चलचित्रको होडिङ बोर्ड राख्ने लगायतका प्रचारका काम भइरहेका छन् । भारतमा विश्वजितम् नाममा सेप्टेम्बर ३ तारिखमा चलचित्र प्रदर्शन हुने छ ।

निर्देशक सन्तोष सेनले मुम्बईमा मात्रै ३ करोड ३० लाख जनसंख्या रहेका कारण चलचित्र सफल हुने बताउाछन् । भारतभर र संसारभरका नागरिक समक्ष प्रेम गीत ३ मार्फत नेपाली भएर पुग्ने भन्दै उनले फेसबुकबाट खुसी साटे । पहिलोपटक भारतमा हिन्दी भाषमा डब भएर नेपाली चलचित्र प्रदर्शन हुन लागेकोमा कलाकारदेखि सबैले खुसी ब्यक्त गरेका छन् । चलचित्रमा मुख्य अभिनेताको रुपमा प्रदीप खड्का छन् भने अभिनेत्रीको रुपमा कृष्टिना गुरुङ छिन् ।

यो खबरले उत्साहित भएर अभिनेत्री सुरक्षा पन्तले पनि खुसी साटेकी छन् । उनी फेसबुकमा लेख्छिन् ‘सिनेमा के कस्तो हुने हो त्यो त पक्कै पनि हेर्न बाकी छ तर एउटा कठिन पाटो छ पर्दा पछाडी दौडधुपको, चाहे आर्थिक रुपमा होस् या मानसिक, Santosh sen जी र टिमले जुन प्रयास गर्दै नेपाली सिनेमालाई यो हुडिंग बोर्ड र सिनेमा घरसम्म पुर्याउने काम गर्नु भएको छ त्यो प्रसंशनीय हो।आँट्नु धेरै ठुलो कुरा हो। धेरै धेरै शुभकामना दाइ ।’ यो चलचित्रले नेपाली फिल्म बजारलाई अन्तरराष्टिय जगत्सम्म पुर्याउन भूमिका खेल्नेमा धेरै आशावादी छन् ।


प्रतिक्रिया दिनुहोस्