मल्लिकाले खोलिन बलिउडको कालो राज, भन्छिन्ः फिल्म पाउन हिरोको कोठासम्म जानुपर्ने अवस्था!

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  २ : ४५


काठमाडौं। ४५ वर्षकी भारतीय अभिनेत्री मल्लिका सेरावत कुनै समय खुबै चर्चामा रहेकी अभिनेत्री हुन्।

उनले मर्डर, डर्टी पोलिटिक्स, वेलकमजस्ता चर्चित बलिउड फिल्महरुमा अभिनय गरिसकेकी छिन्।

तर केही समययता उनले काम पाउन छाडेकी छिन्। यस क्रममा हालै उनले बलिउडका केही यस्ता कालो राज खोलेकी छिन् जसले भारतीय सिनेजगतको कर्तुत छर्लंग पार्दछ।

अहिले उनी अमेरिकाको लस एन्जलसमा बसोबास गर्दै आएकी छिन्। उनले हालै बलिउडमा अभिनेत्रीमाथि गिद्धे नजर लगाइने विषय उल्लेख गरेकी छिन्।

उनका अनुसार उनले एक चलचित्रमा अभिनेत्रीको रुपमा भूमिका निर्वाह गर्नुपर्ने थियो। उनले बताएअनुसार सो चलचित्रमा भारतका चर्चित नायकको मुख्य भूमिका थियो। ती नायकले मल्लिका सेरावतलाई आफ्नो कोठामा सुत्न बोलाएका थिए तर उनी नगएपछि उनलाई चलचित्रबाट निकालिएको उनको भनाइ छ।

उनका अनुसार बलिउडमा हिरोहरुले अभिनेत्रीलाई नियन्त्रणमा राख्छन्। मानेभने उनीहरुले चलचित्रमा काम गर्न पाउँछन् नत्र काम गर्न पाउँदैनन्। आफूले ती नायकसँग सम्झौता नगर्दा धेरै चलचित्रबाट आफू निकालिएको उनको भनाइ छ।

उनका अनुसार जतिबेला चाह्यो त्यतिबेला नायकहरुले नायिकालाई भेट्न बोलाउने परिपाटी बलिउडमा छ। जिन्युज


प्रतिक्रिया दिनुहोस्