काठमाडौं । चोटका कारण दक्षिण अफ्रिकाका तीव्र गतिका बलर कागिसो राबडाले आयरल्याण्डविरुद्धको टी-ट्वान्टी सिरिज खेल्न नपाउने भएका छन् । एंकलको चोटका कारण चिकित्सकले २ हप्ता आराम गर्न भनेका कारण राबाडाले आयरल्याण्डविरुद्धको सिरिज खेल्न नपाउने भएका हुन् । उनले इंग्ल्याण्डसँगको टेस्ट सिरिज समेत गुमाउने सम्भावना रहेको छ ।
दक्षिण अफ्रीकाले आयरल्याण्डसँग २ खेलको टी(ट्वान्टी सिरिज खेल्ने तालिका छ । पहिलो खेल बुधबार तथा दोस्रो खेल शुक्रबार रहेको छ । दक्षिण अफ्रिकाले घरेलु टोली इंग्ल्याण्डसँग ३ खेलको टेस्ट सिरिज खेल्ने तालिका छ । पहिलो टेस्ट १७ अगस्टबाट लर्ड्समा सुरु हुनेछ ।