देउवाको ज्योतिषी भन्छन्ः मंसिर ४ गते चुनाव भए गठबन्धनलाई लाभ मिल्छ

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  १ : ५३


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका ज्योतिषी सुरेशचन्द्र रिजालले मंसिर चार गते चुनाव भए काँग्रेस सहितको गठबन्धनलाई लाभ मिल्ने बताएका छन् ।

संघीय तथा प्रदेशसभा निर्वाचनका लागि उत्तम समय पनि मंसिर ४ गते नै रहेकाले यो मितिमा संयुक्त सरकारलाई फाइदा हुने उनले बताए ।

मंसिर ४ एकादशी र दुई पुष्कर योगको दिन परेकाले सर्वाधिक राम्रो दिन रहेको बताउँदै ज्योतिषी रिजालले प्रधानमन्त्रीलाई आफूले सोही अनुसार सुझाएको बताए । प्रधानमन्त्रीले पनि चुनावबारे जिज्ञासा राखेको र आफूले सोही अनुसार सुझाएको उनले बताए ।

गठबन्धन अघि बढाउन दुई पुष्कर योग भएको दिनमा निर्वाचन गर्नु राम्रो हुन्छ’, रिजालले भने त्यो भनेको मंसिर ४ नै हो ।

यो गठबन्धन २०८१ सालसम्म रहने ज्योतिषी तथा वास्तुविद् रिजालको दावी छ । निर्वाचन आयोगले पनि मंसिर ४ को लागि निर्वाचन मिति तोक्न सरकारलाई निर्देशन दिइसकेको छ । तर सरकारले भने निर्वाचनको मिति नतोक्दा अनयौलता सिर्जना भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्