लोसपा पनि सरकारमा जाँदै, यस्तो छ प्रधानमन्त्रीको तयारी

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  १ : ५१


काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सरकारमा सहधागी हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले लोसपालाई सरकारमा सहभागी गराउन कोसिस गरेकामा अध्यक्ष महन्थ ठाकुर पनि सकारात्मक भएको बताइएको छ ।

सरकारले संसदबाट नागरिकता ऐन पारित गराएपछि लोसपा सकारात्मक भएको एक नेताले बताए ।

अध्यक्ष ठाकुर निकट ती नेताले यस विषयमा पार्टिले पनि सैद्धान्तिक सहमति गरेको बताए । नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि सरकारमा सहभागी हुने गरी छलफल भइरहेको प्रधानमन्त्री देउवा निकटका नेताहरुले बताएका छन् । लोसपाले नागरिकताको माग पुरा भएसंगै कार्यकर्तालाई लगाइएको झुटा मुद्धा फिर्ता लगायतको शर्त राखेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्