जब किरणले खेल मैदानमै राखे विवाह प्रस्ताव

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  १० : ५८


काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङले खेल मैदानमै प्रेमिकालाई विवाह प्रस्ताव राखेका छन्।

किरण आबद्ध माल्दिभ्सको शीर्ष डिभिजनको फुटबल क्लब माजिया एससीले सिजनको उपाधि जितेको खुसी मनाइरहँदा उनले आफ्नी प्रेमिका कञ्चन निरौलालाई औंठी लगाइदिएर विवाह प्रस्ताव राखेका हुन् । किरणले यसो गर्दा सबै खेलाडीले ताली बजाएर साथ दिएका थिए।

गोलरक्षक चेम्जोङले सो अवसरको भिडियो इन्स्टाग्राममा सेयरसमेत गरेका छन् । ‘मैले तिमीलाई रोजेँ, तिमीलाई नै रोज्नेछु र रोजिरहनेछु, कुनै विराम बिना, कुनै शङ्का बिना, मुटुको धड्कनमा । म तिमीलाई नै रोजिरहनेछु ।’ उनले लेखेका छन्, ‘मेरो जीवनमा बहार बनेर आइदिएकोमा तिमीलाई धन्यवाद दिन चाहन्छु । मेरो जीवनको उतार चढावमा पनि तिमीले मलाई सधैँ साथ दियौ, हाँस्न सिकायौ । साँच्चै भन्नुपर्दा म असाध्यै खुसी छु । आहा कति मिठो पल, यो दिनलाई मेरो अन्तिम साससम्म बिर्सने छैन ।’

कञ्चन पेशाले एयरहोस्टेज हुन्। उनीहरु केही वर्षदेखि प्रेममा रहेका थिए । सोमबार सकिएको माल्दिभ्सको शीर्ष डिभिजनको लिग ‘धिवेदी प्रिमियर लिग’ मा किरण उत्कृष्ट गोलकिपर घोषितसमेत भएका छन्।


प्रतिक्रिया दिनुहोस्