विश्वकै धनाढ्य मस्कले आफ्नो लागि निजी विमानस्थल बनाउने

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ६ : ५०


काठमाडौं।। टेस्लाका प्रमुख तथा विश्वकै धनाढ्य इलोन मस्कले टेक्सासमा निजी विमानस्थल निर्माण गर्ने योजना बनाएका छन्।

मस्कले टेक्सासस्थित अस्टिनको पूर्वमा बास्ट्रोप नजिकै विमानस्थल बनाउने भएका हुन्।

स्पेसएक्स, टेस्ला र द बोरिङ कम्पनीलगायत मस्कका कम्पनीहरू पहिले नै टेक्सासमा स्थापना भएका छन्।

तर, मस्कको निजी विमानस्थल बनाउने योजनाको आधिकारिक पुष्टि भएको छैन। यस कदमलाई विमानस्थल योजना कार्यमा राख्नुअघि एफएए र वातावरणीय क्लियरेन्सको स्वीकृति आवश्यक हुनेछ।

बोरिङ कम्पनीले आफ्नो मुख्यालय पनि टेक्सासमा सारेको थियो। एजेन्सी


प्रतिक्रिया दिनुहोस्