सामाजिक कार्य गरेपछि फेरि अभिनयमा फर्कँदै धुर्मुस

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ६ : ४०


काठमाडौं। बि.सं २०७२ सालको भूकम्पपछि सक्रिय रुपमा समाज सेवामा लागेका धुर्मुस अर्थात् सिताराम कट्टेल पुनः अभियनमा फर्किने भएका छन्।

टेलिसिरियल ‘मेरी बास्सै’बाट चर्चित बनेका धुर्मुसले भूकम्प पीडितका लागि देशविदेशमा रहेका नेपालीको सहयोगमा नमूना बस्ती निर्माण गर्नसकेपछि उनको चर्चा खुबै चुलिएको थियो।

त्यसपछि उनले चितवनमा अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउने प्रयास गरेका थिए। तर ऋण लागेपछि उनले सो कार्यको जिम्मा सरकारलाई छाडेका छन्।

यतिबेला भने उनी चलचित्र तथा टेलिभिजनमा पुनः आगमन गर्ने तयारी गरिरहेका छन्।

कट्टेलका अनुसार उनले धुर्मुसभन्दा भिन्न पात्रमा काम गरिरहेका छन्। उनले आफूले नयाँ पात्र तयार गरिरहेको पनि बताएका छन्। आगामी काममा उनी बिल्कुल नयाँ पात्रमा देखिने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्