मेयर हर्कलाई साइबर अपराधको मुद्दा चलाउने एमाले नेतृ भण्डारीको धम्की

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ६ : १७


काठमाण्डौँ । नेकपा एमालेकी नेतृ मञ्जु भण्डारीले धरानका मेयर हर्क साम्पाङलाई साइबर अपराधको मुद्दा चलाउने धम्की दिएकी छन्।

बराहसहकारीको विषयमा आफ्नो फोटोसमेत दुरुपयोग गरी हुँदै नभएको कुराको आरोप लगाएको भन्दै उनले यस्तो चेतावनी दिएकी हुन्।

अहिले सहकारी विवादका कारण बिभिन्न कुराहरु आइरहेका छन् । मेयर साम्पाङले आफ्नो कार्यकक्ष तोडफोडमा उत्रिएको भन्दै भण्डारीसहित एमाले नेता कार्यकर्तामाथि प्रश्न उठाएका थिए । यसलाई लिएर मेयर साम्पाङमाथि भण्डारी मेयरविरुद्ध उत्रिएकी हुन्।

उनले भनेकी छन् ‘धरानका मेयर हर्क साम्पाङज्यू! बराह पीडितहरूसँगका तपाईंका प्रसंग जोडेर मेरो फोटो दुरूपयोग गर्ने र एमालेलाई लाञ्छित गर्ने काम किन गर्नु हुन्छ’, उनले प्रश्न गर्दै भनेकी छन्, ‘तपाईंलाई साइबर अपराधबारे जानकारी नै नभएको त कसरी भनौँ?’

नगर सरकारका प्रमुखले लोकप्रियताका नाममा होस गुमाउँदा नगरवासीको शीर निहुरिनेमा सजग बन्नु भयो भने मात्रै धरानवासीको मर्यादा उँचो हुने हो।

मेयर साम्पाङले भने बराह सहकारी पीडितहरुले पीडितहरुलाई न्याय दिलाउन छानबिन समिति बनाएर प्रदेश सहकारीबाट रजिष्ट्रारलेसमेत अध्ययन गरिरहँदा कार्यालयमा आक्रमण भएको बताएका छन्।

छानबिन समितिले काम गरिरहेका बेला घेराउ, नाराबाजी, गालीगलौज र कार्यालय तोडफोड भएको उनले बताएका छन्।

यो पनि


प्रतिक्रिया दिनुहोस्