काठमाडौं। अर्जेन्टिनामा हालै एक महिला रेफ्री पुरुष फुटबल खेलाडीबाट कुटिएकी छिन्।
एक खेलाडीले फउल खेलेपछि दोस्रो पहेँलो कार्ड पाएका थिए। उनलाई रातोकार्ड देखाएर मैदान बाहिर जानुको लागि इसारा गर्न लागिँदा उनीमाथि पछाडिबाट एक पुरुष खेलाडीले मुक्का हानेका थिए।
यो घटनाको भिडिओ पनि सार्वजनिक भएको छ। ट्रेस आरोयोस क्षेत्रमा गार्मिनिज र डिपोर्टिभो इनडिपेन्डेन्सियाबीच क्लबबीच खेल जारी रहँदा यो घटना भएको हो।
३० वर्षकी महिला रेफ्री डाल्मा मगाली कोरटाडीलाई जर्मन खेलाडी क्रिस्टियन टिरोनले मुक्का हानेका थिए।
उनले महिला रेफ्रीमाथि अपशब्द पनि प्रयोग गरेको स्पोर्ट्स बाइबलले जनाएको छ। यो घटनासँगै विश्वभरबाट यो घटनाको निन्दा भएको छ।
भिडिओ