विज्ञापन प्रकाशन नगर्ने १४८ म्यानपावर कम्पनीलाई जरिवाना

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ४ : ५०


काठमाण्डौँ । वैदेशिक रोजगार विभागले विज्ञापन प्रकाशन नगर्ने १४८ म्यानपावर कम्पनीलाई जरिवाना गराएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरको निर्देशनमा विभागले जरिवाना गराएको हो।

राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशन गर्नका लागि विभागबाट पूर्वस्वीकृति लिई विज्ञापन प्रकाशन नगर्ने १ सय ४८ संस्थालाई ५० हजारका दरले जरिवाना गराएको हो।

१ सय ४८ संस्थालाई ५० हजारका दरले जरिवाना गराउदा ७४ लाख जरिवाना रकम संकलन गरिएको विभागले जनाएको छ। साउन ३ र ४ गते विज्ञापन प्रकाशनका लागि अनुमति लिएर पनि विज्ञापन प्रकाशन नगरेकाले उनीहरुलाई वैदेशिक रोजगार ऐन २०६४ अनुसार उनीहरुले विज्ञापन प्रकाशन गरे नगरेको बारे विभागले करिब एक महिना लगाएर अनुगमन गरेको महानिर्देशक पौडेललेले बताए। संस्थाले विज्ञापन प्रकाशनको नाममा ऐनको दफा ४९ उल्लङघन गरेको विभागको ठहर छ।


प्रतिक्रिया दिनुहोस्