युक्रेनी बन्दरगाहबाट छुट्यो खाद्यान्न बोकेको पहिलो जहाज

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ४ : ३६


एजेन्सी । रुससँगको एतिहासिक सम्झौताअन्तर्गत युक्रेनको खाद्यान्न बोकेको पहिलो जहाज युक्रेनी बन्दरगाहबाट छुटेको छ । उक्त जहाज सोमबार बिहानै ओडेसाको दक्षिणी बन्दरगाहबाट छुटेको टर्कियो र युक्रेनी अधिकारीहरूले बताएका छन् ।

रुसले युक्रेनी बन्दरगाहलाई फेब्रुवरीदेखि अवरोध गरिरहेको छ । तर, ढुवानी पुनः सञ्चालन गर्न दुबै पक्ष मञ्जुर भएका छन् । सम्झौताले विश्वव्यापी खाद्यान्न संकट सहज हुने र खाद्यान्नको मूल्य घट्ने अनुमान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्