जापानमा अत्यधिक गर्मी, कुकुर र बिरालोलाई पंखा जडित लुगा!

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ४ : ३८


काठमाडौं। जापानमा सन् १८७५ यताकै गर्मी यसवर्ष रेकर्ड गरिएको छ। गत जुन महिनामा जापानको तापक्रम ४०.२ डिग्री सेल्सियससम्म पुगेको थियो।

अहिले पनि त्यहाँ अत्यधिक गर्मी छ। मानिसहरु गर्मीबाट बच्न घाममा अनावश्यक रुपमा बाहिर निस्कदैनन् भने अधिकाँश समय चिसो तापमानमा बसिरहेका छन्।

जापानले आफूलाई मात्र सुरक्षित राखेनन् आफूले घरमा पालेका कुकुर, बिरालोजस्ता जनावरलाई पनि गर्मीबाट जोगाउन उपाय लगायो।

टोकियोको लुगा उत्पादक कम्पनी स्वीट मम्मीले यस्तो लुगा बनाइदियो जसले त्यस्ता जनावरलाई गर्मीमा आराम मिल्यो।

वास्तवमा बिरालो तथा कुकुरजस्ता घर पालुवा जनावरको लागि पंखा जडित लुगा बनाइएपछि जनावरहरु पनि मानिसजस्तै गर्मीबाट सुरक्षित हुन सकेको अल्जाजिराले जनाएको छ।

त्यस्ता पंखा जडित कपडा पाँच आकारमा पाइने र त्यसको मूल्य ७५ अमेरिकी डलरसम्म पर्ने जनाइएको छ। पशु अधिकारको क्षेत्रमा कार्यरत विभिन्न संस्थाहरुले पंखा जडित कपडा उत्पादन भएपछि खुशी व्यक्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस्