एकै परिवारका ४ जना मृत फेलाः घटनास्थलमा भेटियो ‘सुसाइड नोट’

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ४ : ००


काठमाडौं । काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चारजना मृत भेटिएको घटनामा ‘सुसाइड नोट’ फेला परेको छ।

तारकेश्वर नगरपालिकास्थित वडा नम्बर-२ काभ्रेस्थलीमा गोरखा घर भई पदमसालमा बस्दै आएका दिनेश पाण्डे, उनकी श्रीमती सुनिता काप्री पाण्डे, ११ वर्षका छोरा आशिक र ७ वर्षकी छोरी आशिका मृत अवस्थामा फेला परेका थिए। घटनास्थलमा ४ पेजको ‘सुसाइड नोट’ भेटिएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार नोटमा श्रीमान–श्रीमतीको बेमेलबारे केही कुरा लेखिएका छन्। पाण्डेले परिवारका सदस्यहरुको हत्या गरेर आत्महत्या गरेको आशंका गरिएको छ।

प्रहरीका अनुसार पुख्र्यौली घर गोरखा भएका उनीहरु विगत चार वर्षदेखि त्यहाँ बस्दै आएका थिए ।

अहिले घटनास्थलमा प्रहरी टोली, विभिन्न परीक्षणका निम्ति चिकित्सक टोली पनि पुगेको छ । घटनास्थलबाट छिना र चक्कुसमेत बरामद गरिएको नगरप्रमुख महर्जले बताए ।


प्रतिक्रिया दिनुहोस्